पाँच दिन लामो जापान भ्रमणमा निस्किए प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिन लामो जापान भ्रमणमा गएका छन्।

नेपाली जनप्रगतिशील मन्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड सचिवालयका तीन सदस्यसहित शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानबाट जापानतर्फ लागेका हुन्।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल र गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।

उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन्। त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन्।  उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ।

प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन्। त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ।

प्रचण्डको भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने उनको सचिवालयले जनाएको छ।  नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने पनि प्रचण्डको सचिवालयले उल्लेख गरेको छ।

जापान जानुअघि प्रचण्डले ताइवानलाई लिएर पछिल्लो अमेरिकी कदमको विरोध गरेका थिए। अमेरिकाको नाम नलिइ उनले माओवादी केन्द्र सधैं एक चीनको पक्षमा रहेको बताउँदै त्यसविरुद्ध जाने जुनसुकै कदमको आफूहरूले विरोध गर्ने उनले जनाएका थिए।

अमेरिकी कदमको विरोधपछि पूर्वनिर्धारित तालिकाअनुसार प्रचण्ड जापानतिर लागेका हुन्। जापान अमेरिकाको बलियो र निकट साझेदारमध्ये एक हो। जापान र चीनबीच भने लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार