ऐश्वर्य यूथ नेटवर्कको दोस्रो साधारण सभा धनगढीमा सम्पन्न, संयोजकमा खड्का

ऐश्वर्य यूथ नेटवर्कको दोस्रो साधारण सभा धनगढीमा सम्पन्न

धनगढी : मानव अधिकारको क्षेत्रमा कार्यरत प्रमुख मानव अधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनल नेपाल अन्तर्गत रहेको ऐश्वर्य यूथ नेटवर्कको दोस्रो साधारण सभा धनगढीमा सम्पन्न भएको छ। सो साधारण सभा बाट संयोजक मा सुरज खड्का निर्विरोध रूपमा निर्वाचित भएका हुन् ।

त्यसै गरी, सह संयोजकमा दीपा चन्द र दिप्रेन्द्र जोशी, सचिवमा जेसिका बिनाडी कोषाध्यक्षमा निरज भट्ट सहित १३ जनाको कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएका छन् ।

युवाहरूमा मानवअधिकार सम्बन्धी सचेतना जगाउँदै विभिन्न क्षेत्रमा मानवअधिकार हननका घटना विरुद्ध सशक्त आवाज उठाउने उद्देश्यले आजभन्दा तीन वर्ष अगाडि सो नेटवर्कको गठन गरिएको थियो। स्थापना देखि नै सो नेटवर्कले मानवअधिकार क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

कार्यक्रममा प्रमुख अतिथि ऐश्वर्य विद्या निकेतन का प्रधानाध्यापक प्रेमनिधि ओझा, विशिष्ट अतिथि एम्नेष्टि ईन्टरनेशनल नेपाल समूह ४४ का सचिव ओम प्रकाश पाण्डेय र ऐश्वर्य विद्या निकेतन विज्ञान संकायका संयोजक बद्री पौडेल रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार