स्थानीय निर्वाचनमा गोदावरीमा एमाले भित्र अन्तरघात भयो, संलग्न माथि कारबाही हुन्छ: भण्डारी

दामोदर भण्डारी

कैलाली : नेकपा एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले गोदावरी नगरपालिकामा भएको स्थानीय निर्वाचनमा एमाले हार्ने अवस्थामा नपुगेको बताएका छन् । आज शनिवार गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष भण्डारीले पार्टीका केही उम्मेदवारको अन्तर घातका कारण स्थानीय तहको निर्वाचनमा हार बेहोर्नुपरेको बताएका छन्।

एमाले प्रदेश अध्यक्ष भण्डारीले गोदावरीमा एमाले हार्ने कुनै रिपोर्ट पार्टीमा नभएको तर पार्टी भित्रकै केही व्यक्ति को कारण हार्न परेको पार्टीको बुझाई रहेको दाबी गरे । उनले भने, यहाँ त हाम्रा उम्मेदवार हार्ने कुनै रिपोर्ट नै थिएन।

उसै पनि पार्टी सचिवको पालिका त्यसमा पनि उम्मेदवार छनौट गर्दा कुनै पनि विवाद नै थिएन। पार्टी अध्यक्ष र महासचिव समेतको गोदावरीमा चाँसोको विषय बन्यो, हामीले पार्टी केन्द्रलाई गोदावरीमा जित्छौ भनेर नै रिपोर्ट दिएका थियौँ उनले भने।

त्यसैले यहाँ पार्टी हराउन पार्टी भित्र कै व्यक्तिहरू लागेको बताए । त्यस कारण स्थानीय निर्वाचनमा हामी कैलालीको गोदावरी हारेका हौँ । अध्यक्ष भण्डारीले पार्टीमा अन्तरघात गर्नेलाई तल्लो पार्टी कमिटीको सिफारिसको आधारमा कारबाही गरिने बताएका छन्। उनले यहाँका सबै नेता कार्यकर्ता एक ढिक्का भएको भए स्थानीय निर्वाचनमा एमालेले हार बेहोर्नु नपर्ने दाबी गरे।

उनले गोदावरी नगरपालिका सुदूरपश्चिमको मुख्य केन्द्र र पार्टी नेतृत्वको पालिका भएकाले एमालेले हार बेहोरेको अवस्थालाई समीक्षा गर्न जरुरी रहेको बताए । उनले चुनाव सकिएको लामो समय हुँदा पनि नगर कमिटीले समयमै समीक्षा गर्नुपर्ने बताउँदै अर्को चुनाव नजिकै आइसकेकोले अब पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। यसका लागी अगाडी बढ्न उनले सुझाव दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार