गेटा मेडिकल कलेजको नाममा नाटक मञ्चन गरियो : एमाले सचिव भट्ट (भिडियो)

नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अहिले गठबन्धनको सरकारले गेटा मेडिकल कलेजको नाममा नाटक मञ्चन गरेको र प्रचण्ड र देउवालाई इकिंत गर्दै भ्यागुतो र सर्प एकै ठाउँ धेरै बेर बस्न नसक्ने बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल कैलाली जिल्ला शाखाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै भट्टले गेटा मेडिकल कलेजलाई नीति तथा कार्यक्रममा नसमेटी गठबन्धन सरकाले अहिले काँग्रेस का नेता कार्यकर्ता तथा अन्य दलहरूको आन्दोलन गरे पश्चात् मात्रै सञ्चालनमा ल्याउने भनी विभिन्न नाटक मञ्चन गरेको आरोप लगाएका छन् ।

त्यस्तै, भट्टले एमाले सरकारमा हुँदा देश भित्रका औद्योगिक करणमा प्राथमिकता दिइएको र दैजीमा शिलान्यास समेत गरिएको बताउँदै अहिले अध्ययन गर्ने भनेर यी एमालेले गरेका विषय पनि पछाडि पार्ने र ढाक छोप गर्ने कार्य भइरहेको बताएका छन् । भने भट्टले टाउकोको मूल्य नै तोक्ने व्यक्तिहरू के का आधारमा गठबन्धन बसेका छन् ? भ्यागुतो र सर्प एकै ठाउँ कसरी बस्न सक्छन् ? भन्दै प्रश्न समेत गरेका छन् ।

यसै गरी, भट्टले प्रचण्ड आत्म केन्द्रित भएर, व्यक्तिवादी, परिवार वादी भएर र आफूलाई कसरी सुरक्षित गर्ने भन्दै लागी राखेको र सडकमा आन्दोलन गर्न लगाएर जारी गरेको नागरिकता विधेयक, एमसीसी त्यसको उदाहरण भएको स्पष्ट पारेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार