पुर्चौंडी नगरपालिका सहित बैतडीका थप ३ पालिकाले गरे भूमी आयोगसंग सम्झौता

पुर्चौंडी नगरपालिका सहित बैतडीका थप ३ पालिकाले गरे भूमी आयोगसंग सम्झौता

बैतडी : बैतडीका तीनओटा स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका छन् । मंगलबार जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाले सम्झौता गरेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए ।

मंगलबार थप तीन पालिकाले भूमी आयोगसंग सम्झौता गरेसंगै बैतडीमा भूमी आयोगसंग सम्झौता गर्ने पालिकाको संख्या सात पुगेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाले यसअघि नै सम्झौता गरिसकेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाले मात्रै आयोगसंग सम्झौता गर्न बाँकी रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए ।

अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलनका लागि पालिकाहरुले आयोगसंग सम्झौता गरेका हुन् । पालिकाहरुले आयोगसंग सम्झौता गरेसंगै अब काम अघि बढ्ने अध्यक्ष ऐरले बताए । उनले भने ‘हामीले अब तथ्यांक संकलनको काम शुरु गर्छौं । तथ्यांक आएपछि अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको व्यवस्थापनका लागि आवश्यक पहल हुन्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार