नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने प्रेमगीत ३ को टिम एस.टी.एस सिनेमाहल धनगढीमा

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने प्रेमगीत ३ को टिम एस.टी.एस सिनेमाहल धनगढीमा

धनगढी : असोज ७ गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको चलचित्र प्रेमगीत ३ को टोली प्रचारप्रसारकाक्रममा धनगढीमा रहेको एस.टी.एस सिनेमाहलमा आइपुगेको छ । एस.टी.एस सिनेमाका इन्चार्ज योगन्द्र नायकसंग चलचित्र प्रचारप्रसार निर्देशक एवम् चलचित्रका सहायकनिर्देशक सुदिप पौडेल, आसुसेन फिल्मका मेनेजर हिमालजंग मल्ल लगायतको टोलिले भेटघाट गरेको हो।

धनगढीमा टिमलाई स्वागत गर्दै एस.टी.एस सिनेमाका इन्चार्ज योगन्द्र नायकले सफलताको शुभकामना समेत दिए । प्रचारप्रसारका क्रममा टोली धनगढीसम्म आइपुगेको चलचित्रका सहायक निर्देशक सुदिप पौडेलले बताए । यस क्षेत्रबाट यसअघि पनिमाया पाउदै आएका छौ । यसपटक पनि डबल माया पाउने अपेक्षामा छौ’ उनले भने ।

प्रचारप्रसारका क्रममा पौडेल र आसुसेनफिल्मका मेनेजर हिमालजंग मल्लको टोली धनगढी आएको हो । यस क्षेत्रमा रहेका फिल्महलको अवस्था जानकारी लिदै यस क्षेत्रका दर्शकसंग भेटघाट र प्रतिक्रिया लिइरहेको उनीहरुले बताए । भोली आइतबार टोली दाङ जाने कार्यक्रम छ । त्यसपछि पुर्वी क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम रहेको छ ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेमगीत ३ यहि असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुदैँछ । सेन र छेतेनगुरुङले निर्देशन गरेको उक्त फिल्ममा नायक प्रदिप खड्काको मुख्य भूमीका रहेको छ। चलचित्रले यतिबेला बलिउड क्षेत्रमा नेपालीसिनेमाको स्तरवृद्धि गर्ने काम गरेको नेपाली दर्शकहरुले बताउदै आएका छन् । हिन्दिभाषामा समेत तयार भएको पहिलो नेपाली चलचित्र भएका कारण पनि दर्शकहरु चलचित्र हेर्नकालागि उत्साहित छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार