टीकापुर घटना : ७ वर्ष पुरा, आज टीकापुर विद्रोह दिवस

कैलालीको टीकापुर घटनाको ७ वर्ष

कैलाली : कैलालीको टीकापुर घटनाको ७ वर्ष पुगेको छ । वि. स २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक( एसएसपी) लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। मंगलबार भदौ ७ गते कैलालीको टीकापुरलगायतका स्थानमा नागरिक  उन्मुक्ति पार्टीले टीकापुर विद्रोह दिवस मनाउने भएको छ।

टीकापुरमा २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइहेको छ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा रनागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व  कार्यक्रम गर्ने जनाएको छ । कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी भएका सांसद चौधरी सहितका ११ जनालाई करिब ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा जन्मकैदको फैसला सुनाएको हो।

रेशम चौधरी सहित विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्म कैद हुने फैसला गरेको थियो । यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए।

यस्तै श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो। त्यस्तै ६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ।

अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार