शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो तिज विशेष कार्यक्रम

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो तिज विशेष कार्यक्रम

धनगढी : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढीले तिज विशेष कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार संस्थाले धनगढी स्थित रिद्धीशिद्धी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको हो ।

सहकारीले नेपाली हिन्दु महिलाहरूको विशेष चाड हरितालिका तिजको उपलक्ष्यमा संस्थाकाका कर्मचारी तथा तिज प्याकेजमा आबद्ध महिलाहरूको सहभागीताकमा शुभकामना आदान प्रदान तथा महिलाहरूको सम्मान, उत्साह बढाउने र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

राष्ट्रिय उद्देश्य बोकेर स्थापना भएको भक्तपुर कौशल टारमा प्रधान कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नारी शक्ति एक महान् शक्ति भएको र नारीत्वको सम्मान गर्दै यो कार्यक्रमको आयोजना गरिएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रबन्धक हेमराज जोशीले बताए ।

यस्तै, समग्र देशको सामाजिक आर्थिक रूपान्तरण सम्भव रहेको बताउँदै जोशीले सहकारीहरूको क्षेत्रमा पृथक्, सहकारीको माध्यमबाट नागरिकले उत्पादन गरेका सामाग्रीहरूको वितरण तथा बजारीकरण गरिरहेको र सहकारी द्वारा सञ्चालित देशभरिमा १७ वटा डिपार्टमेन्टल स्टोर समेत सञ्चालन गरेर लगिरहेको र तिनबाट पनि नागरिकहरूको प्रत्यक्ष जीवनमा सुधार, सहजता ल्याउने कार्य भइरहेको बताए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो तिज विशेष कार्यक्रम

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार