ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनावमा होमिने एमालेको निर्णय

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनावमा होमिने एमालेको निर्णय

नेकपा एमाले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी अध्यक्ष  केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनावमा होमिने भएको छ । दुई दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जाने निर्णय गरेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

ओली यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो पटक संविधान बनेपछि २०७२ मा प्रधानमन्त्री बनेका थिए भने दोस्रोपटक २०७४ मा । पहिलोपटक गठबन्धन सरकारको नेतृत्व गरेका ओलीले दोस्रो कार्यकालमा भने प्रचण्ड बहुमतसहितको सरकारको नेतृत्व गरेका थिए । तर, तत्कालीन नेकपाभित्रको आन्तरिक किचलोपछि दुईपटक संसद विघटन गरेका ओली सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै प्रतिपक्षी दलको नेताका रुपमा पुगेका थिए ।

एमालेले अब फेरि ओलीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउने गरी चुनावमा जाने निर्णय लिएको हो । आफ्नै दलको बहुमतको सरकार बनाउनेसमेत एमालेको निर्णय छ । केन्द्रीय सदस्य महरका अनुसार बैठकले ६ देखि १७ प्रतिशतसम्म मत बढाउने गरी चुनावमा जाने रणनीति तय गरेको छ । यसका लागि पार्टीका हरेक संगठित सदस्यले दुई मत थप्ने योजना बनाइएको छ । एमालेको मिसन पचास लाख मत रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार