कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा ‘अबको केही दिनभित्रै परीक्षाफल प्रकाशन हुने’ बताउँछन् । ‘यही दिन प्रकाशन हुन्छ भन्न त सकिन्न, तर एक दुई दिनभित्रै नतिजा सार्वजनिक हुनेछ’ उनले भने, ‘अहिले प्राविधिक विषयलगायत अन्तिम चरणको काम भइरहेको छ ।’

बोर्डले यसअघि मंगलबार नै कक्षा १२ को परीक्षाफल प्रकाशन तयारी गरेको थियो । ‘प्राविधिक विषय’ नटुंगिएपछि ‘त्यसको हल चाँडै गरेर नतिजा प्रकाशन गर्ने’ बोर्डको योजना छ । नतिजा सार्वजनिक विषयलाई लिएर मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनसम्बन्धी छलफल भएको छ ।

गत १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार