वाल विकास मावि जनपा ४ गोलाईको ६१औ वार्षिकोत्सव सम्पन्न

वाल विकास मावि जनपा ४ गोलाईको ६१औ वार्षिकोत्सव सम्पन्न

बझाङ : वाल विकास माध्यमिक विध्यालय जयपृथ्वी नगरपालिका ४ गोलाई बझाङको ६१औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भयको छ ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष जयलाल उपाध्यायको सभापतित्वमा सम्पन्न भयको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज वजाल प्रमुख अतिथि रहनु भयको थियो ।

कार्यक्रममा वोल्दै नगर प्रमुख बजालले आफुले अक्षर आरम्भ गरेको विधालयमा प्रमुख अतिथिको रुपमा आउन पाउदा अत्यन्त खुसी भयको वताउनुभयो । उहाले जयपृथ्वी नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि आफु सदैव लागिरहने प्रतिवद्ता समेत व्यक्त गर्नु भयो । नगरपालिका भित्र दरवन्दी मिलानको प्रक्रिया चलिरहेकाले सवैको राय सुझावका आधारमा सो कार्य थालनि गरिने भन्दै बजालले विधालयको गुणस्तर वृदीका लागि शिक्षक विधार्थी र अविभावकले सॅयुक्त रुपमा विधालयको हितमा लाग्नु पर्ने औल्याउनु भयो ।

विधालयका शिक्षक रमेश प्रकाश उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभयको कार्यक्रममा विधालयका प्रधानाध्यापक केश वहादुर खातीले विधालयको वार्षिक आय व्यय तथा शैक्षिक विवरण पेश गर्नु भयको थियो । भने शिक्षक नरेन्द्र उपाध्यायले विधालयको सामाजिक परीक्षण पेश गर्नु भयको थियो । वार्षिकोत्सवका अवसरमा विधालयमा स्थापना गरिएका मदन स्मृति दलित छात्रवृती १२ सय रुपैया एक जना छात्र तथा यसै वर्ष स्थापना गरिएको रॅगादेवी छात्रा छात्रवृती तिन जना छात्राहरुलाई जनही चार हजारका दरले वितरण गरिएको थियो । सो अवसरमा छात्रवृति कोष सॅचालन गर्ने मोहन नेपाली हॅसलाल नेपाली,गणेश खड्का र रॅगादेवी खड्कालाइ विधालयले दोसल्ला सहित सम्मान गरेको थियो ।

वाल विकास मावि जनपा ४ गोलाईको ६१औ वार्षिकोत्सव सम्पन्न

शिक्षक कविराज जोशिले सॅचालन गरेको कार्यक्रममा जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष ईश्वर खाती , समाजसेवी तथा पुर्व उपसचिव गौरिलाल उपाध्याय विशिष्ट अतिथि रहनुभयको थियो । कार्यक्रममा विधालयका शिक्षक अविभावक सॅघका अध्यक्ष पुर्ण वहादुर नेपाली ,जयपृथ्वी नगरपालिकाका लेखा अधिकृत लाल वहादुर खाती, पुर्व वि व्य स सदस्य कुम्भ बहादुर खाती , मदन स्मृति छात्रवृतीका सॅस्थापक मोहन नेपाली ,हॅस नेपाली, रॅगा स्मृती छात्रवृतीका सॅस्थापक गणेश खड्का,रॅगा खड्का, वडाका वर्तमान तथा पुर्व वडा सदस्यहरु ,विभिन्न क्षेत्रका व्यक्तित्व,वडाका विभिन्न विधालयका शिक्षक,स्थानिय अविभावक तथा विधालयमा अध्यनरत विधार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विधालय स्तरिय हाजिरी जवाफ,हिज्जे,भलिवल,चम्चा दौड,वेलुनफाईट ,तथा अविभावकहरुको केरा खाने प्रतियोगिता सॅचालन गरिएका थिय । सो अवसरमा विधालयको गत शैक्षिक शत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीलाई पुरस्कार वितरण गरिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिनुभयो । वि सॅ २०१८ सालमा स्थापना भयको विधालय कक्षा १२ सम्म सॅचालित छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार