भाद्र २५ गते धनगढीमा ‘मेमोरी एण्ड लाइफ म्यानेजमेन्ट वर्कसप’ को आयोजना हुने

बिहान साढे ७ बजेदेखि अपराह्न साढे १२ बजेसम्म

धनगढीमा भाद्र २५ गते ‘मेमोरी एण्ड लाइफ म्यानेजमेन्ट वर्कसप’ कार्यक्रमको  आयोजना हुने भएको छ ।

धनगढी : धनगढीमा भाद्र २५ गते ‘मेमोरी एण्ड लाइफ म्यानेजमेन्ट वर्कसप’ कार्यक्रमको  आयोजना हुने भएको छ ।

जय आर्यमा एजुकेशनको आयोजनामा यहाँ पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वर्कसप हुन लागेको हो ।  सो कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा विश्व कीर्तिमानी सुपर मेमोरी किङ नेपाली प्रशिक्षक डा. नवल पजियार रहने कार्यक्रम संयोजक रोहित चन्दले जानकारी दिए ।

कार्यक्रम संयोजक चन्दका अनुसार उक्त कार्यक्रमले स्मरण शक्ति मजबुत बनाउन, शारीरिक तथा मानसिक स्फूर्तिले आर्थिक अवस्थामा पुर्‍याउने असर, तनाव व्यवस्थापन, आफ्नो व्यावसायिक, सामाजिक र निजी जीवनमा सन्तुलन मिलाएर खुसी जीवन बिताउने टेक्निक, परिवारमा बच्चासँग भावनात्मक सम्बन्ध सुमधुर बनाउने कला लगायत फाइदा लिन सकिने बताएको छ ।

कार्यक्रममा प्रवेश शुल्क तोकिएको छ । जस अनुसार, एक जनाको प्रवेश शुल्क एक हजार तोकिएको छ भने एक जोडीको एक हजार पाँच सय तोकिएको कार्यक्रम संयोजक चन्दको भनाइ छ । यस्तै विद्यार्थीलाई सात सय तोकिएको छ ।

कार्यक्रममा धनगढीका मेयर गोपाल हमाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू लगायत ६ सय जनाको उपस्थिति रहने आयोजकको दाबी छ । धनगढीको रीद्धि सिद्धी पार्टी प्यालेसमा हुने कार्यक्रम बिहान साढे ७ बजेदेखि अपराह्न साढे १२ बजेसम्म रहेको आयोजकको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार