सुदूरपश्चिमको बैतडी घर भएका कलाकार उद्धव भट्टराई ‘जुङ्गे’ को निधन

सुदूरपश्चिमको बैतडी घर भएका कलाकार उद्धव भट्टराई 'जुङ्गे' को निधन

धनगढी : कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए ।

जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको हो । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।

उनको निधन पश्चात अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत समवेदना प्रकट गरेका छन् ।

उनले भट्टराईलाई सम्झदै उनले फेर्ने हरेक सासमा चलचित्र मात्रै रहेको अरु केही नभएको बताएका छन् ।

आवश्यकता हुदाँ सम्झिने र नहुदाँ बिर्सने प्रवृत्तिलाई उल्लेख गर्दै उनले भावुक समवेदना प्रकट गर्दै फेसबुकमा यस्तो लेखेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार