एमाले बैतडीबाट केन्द्रमा भण्डारी, प्रदेशमा भट्ट र पाल सर्वसम्मत सिफारिस

एमाले बैतडीबाट केन्द्रमा भण्डारी, प्रदेशमा भट्ट र पाल सर्वसम्मत सिफारिस

धनगढी : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी बिभिन्न दलहरु उमेदवार तय गर्नमा ब्यस्त छन् । यसैबिच बैतडीबाट एमालेको एकल उमेदवारका रुपवमा प्रतिनिधीसभा सदस्य तथा एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी सिफारिश भएका छन् । भण्डारीलाई बिहिबार बसेको पार्टी जिल्ला कमिटि बैठकले एकल उमेदवारका रुपमा सिफारिश गरेको हो ।

२०७९ सालको संबिधानसभा निर्वाचनमा पहिलो पटक बिजयी भण्डारी २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा बाम गठबन्धनका साझा उमेदवारका रुपमा बिजयी भएका थिए । भण्डारी २०७० सालको संबिधानसभा निर्वाचनपछि केपी सर्मा ओलीको ९ महिने सरकारमा अर्थ राज्यमन्त्रीपनि बनेका थिए ।

भण्डारीको नाम सर्वसम्मत सिफारिश भएकाले अब जिल्लाले प्रदेश कमिटि र प्रदेशले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ । प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिश भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ ।

यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

नेपाली काग्रेंसले बैतडीबाट अहिलेसम्म कुनै उमेदवारको नाम सिफारिश गरेको छैन । गठबन्धनमा रहेका दलहरुमध्ये काग्रेंस, माओवादी र एकिकृत समाजवादी तिनवटै दलहरुले बैतडीमा आ आफ्नो दावी गरिरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार