धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम युवा सम्मेलन हुदै

धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम युवा सम्मेलन हुदै

धनगढी :  धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम सुदू्रपश्चिम युवा सम्मेलन हुने भएको छ । बास नेपाल सुदूरपश्चिमले यही भाद्र २५ गते धनगढीको ओम प्यालेसमा भ्रष्टाचार विरुद्ध प्रथम सुदू्रपश्चिम युवा सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनमा प्रदेशका ९ ओटै जिल्लाका झण्डै एक हजार भन्दाबढी युवाहरुको सहभागीत रहने आयोजकले जनाएको छ । सुदूरपश्चिम बढीरहेको बढ्दो अनियमितता र भ्रष्टाचारको क्षेत्रमा युवाहरुको भुमिका, भ्रष्टाचार न्युनिकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताए ।

उनले भ्रष्टाचार विरुद्धको युवाहरुलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहीता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्येश्य रहेको जानकारी दिए ।

उक्त सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत प्रभातफेरी, खुल्ला छलफल र विभिन्न प्रस्तुतिकरणहरु रहेका छन् । यस्तै सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र जारी गर्ने तयारी गरेको छ ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका मन्त्री लगायत स्थानिय जनप्रतिनिधीहरुको सहभागिता रहनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार