कमेडियन अपूर्वमाथि अत्याचार भयो, शीघ्र रिहाइ गरियोस् : एमाले

कमेडियन अपूर्वमाथि अत्याचार भयो, शीघ्र रिहाइ गरियोस् : एमाले

काठमाडौँ : नेकपा (एमाले)ले स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेकोमा विरोध गरेको छ । एमालेले प्रतिनिधिसभामा क्षितिजलाई पक्राउ गरेर सरकारले कलाकारमाथि अत्याचार र दमन गरेको बताएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको तर्फबाट प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै स्ट्यान्ड अप कमेटियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरिएकोमा विरोध गरेको हो ।

राजनीतिक दलका नेताहरूले प्रज्ञाभवन र सभागृहमा बसेर हास्य कलाकारहरूको आफूमाथिको कडा व्यंग हाँसेरै स्वीकार गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘अपूर्व क्षितिज सिंहजस्तो एउटा कलाकारलाई दशौं दिनदेखि ‍थुनामा राख्ने क्रिया यो सरकार गरिरहेको छ । उहाँलाई शीघ्र रिहाइको माग गर्न चाहन्छु ।’

अपूर्वले आफ्नो प्रस्तुति सामाजिक संजालबाट डिलिट गरेको र क्षमा मागेको अवस्थामा अत्याचार गर्नबाट सरकार पछि हट्नुपर्ने भट्टराईको भनाइ छ ।

अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । उनले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार