आज अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै, आजै फिजियोथेरापी दिवस पनि

विद्यार्थि
साङ्केतिक तस्बिर

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक गर्दैछ ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।

फिजियोथेरापी दिवस पनि आजै

विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ|

सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार