अत्तरिया बजारमा अनाधिकृत संरचनाहरू हटाउन फुटपाथको क्षेत्र नाप्न थाल्यो नगरपालिका

अत्तरिया बजारमा अनाधिकृत संरचना

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले फुटपाथमा बनेका संरचना हटाउनका लागी फुटपाथको क्षेत्र नाप्ने काम थालेको छ । नगरपालिकाले सडकको सेन्टरबाट दायाँ बायाँ २५/२५ मिटर भित्र रहेका संरचनाहरू हटाउनको लागी चिन्ह लगाइरहेको हो ।

सडक, पेटी मा राखिएका ठेला छाप्रा र फुटपाथमा बनेका अवैध संरचनाहरूका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको त छ नै अझ बजार पनि कुरूप बनेकोले सडक पेटी तथा फुटपाथमा बनेका संरचना हटाउने भन्दै यस अघि नगरपालिकाले एक हप्ते सूचना जारी गरेको थियो ।

उक्त सूचनाको अवधि सकिएपछि बिहीबार सडक र फुटपाथको क्षेत्र नापी चिन्ह लगाउने काम भएको र शुक्रवार देखी संरचनाहरू भत्काइने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार