डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उप-सभापति कर्णबहादुर मल्ल

डडेल्धुरा : विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस विपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्।

मल्लले आज विपीको १०९ औ जन्मजयन्तीको अवसरमा आयोजित वृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्। उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद लड्ने उद्घोष गरेका हुन्।

उक्त कार्यक्रममा नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेको थियो । कार्यक्रममा बोल्दै मल्लले ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम आफनो पार्टीले गर्ने र आफनो पार्टीलाई जिताउनको लागि  आग्रह समेत गरे ।

उनले भने, यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ’ । अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार