दुःखद खबर : वर्षा र पहिरोका कारण विपत्तिमा दार्चुला, सोकमा नौगाड गाउँपालिका

दुःखद खबर : वर्षा र पहिरोका कारण विपत्तिमा दार्चुला, सोखमा नौगाड गाउँपालिका

दार्चुला : दार्चुलामा ठुलो जनधनको क्षति गरेको भएको छ । शुक्रवार रातिबाट भइरहेको भारी वर्षाका कारण जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा दुई जनाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीय किम्ती ठगुन्नाको र सोही ठाउँकी अन्दाजी १३-१४ वर्षीय मदे ठगुन्नाको मृत्यु भएको छ ।

पहिरोले ७/८ ओटा घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । लगातारको वर्षाले उद्धार कार्यमा समेत कठिनाइ भएको स्थानीयहरूले बताएका छन् । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार