दार्चुलामा बाढी पहिरो र चट्याङबाट जन धनको क्षति, दर्जन बढी मानिस बेपत्ताको आशङ्का

तिन जनाले गुमाए ज्यान, तिन जनाको उद्धार...

तस्बिर सामाजिक सञ्जाल: दार्चुलास्थित बाढी पहिरो प्रभावित क्षेत्र बंगाबगड
तस्बिर सामाजिक सञ्जाल: दार्चुलास्थित बाढी पहिरो प्रभावित क्षेत्र बंगाबगड

दार्चुला : दार्चुलामा बाढी पहिरो र चट्याङबाट जन धनको क्षति भएको छ । शुक्रबार रातिबाट भइरहेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विपत्ति निम्तिएको छ ।

दार्चुला जिल्लामा बाढी पहिरो चट्याङबाट तिन जनाले गुमाए ज्यान :

जिल्लाको नौगाड गाउँपालिका गाउँपालिका–२ मा गए राती चट्याङ लागेर दललेखका मोहन सिंह पार्कीको मृत्यु भएको छ । नौगाड गाउँपालिका गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीय किम्ती ठगुन्नाको मृत्यु भएको छ । सोही ठाउँका पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ।

तिन जनाको उद्धार :

नौगाड गाउँपालिकाकै पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ। स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।

एक दर्जन भन्दा बढी बेपत्ताको आशङ्का :
नौगाडमा पहिरोमा परि केही सङ्ख्यमा मानिस बेपत्ता भएको आशङ्का गरिएको छ। भने दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा हालसम्म ११ जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।

यस्तै, खलङ्गाको बंगाबगड क्षेत्रमा एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन समेत बाढीले बगाएको जानकारी त्यहाँ स्थित प्रहरीले दिएको छ ।

को-को छन् उद्धार कार्यमा ?
घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सँग सँगै स्थानीहरू पनि खटिएका छन् ।

यसै गरी, उक्त अविरल वर्षाका कारण महाकाली नदीमा जल स्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको जनाइएको छ । भने महाकाली नदी आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार