बैतडीमा पम्प खुलेको १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु

अब देखी बैधानिक पेट्रोल बिक्री सुरु

बैतडीमा पम्प खुलेको १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु

बैतडी : बैतडीमा पम्प खुलेको १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ। शनिबारदेखि पेट्रोल वितरण सुरु भएको हो।

बैतडीको एकमात्र आयल स्टोरमा पेट्रोल पाउन बन्द भएको पाँच वर्ष बढी भयो । सो भन्दा अगाडी पनि पेट्रोल वितरण सेवा अनियमितनै थियो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले सक्रियतामा सतबाँझ स्थित भण्डारी आयल स्टोरले आजबाट पेट्रोलको नियमित उपलब्धता गराउन थालेको छ । प्रशासनको नियमित ताकेतापछि आफुले पेट्रोल मगाएर वितरण गर्न थालेको भण्डारी आयल स्टोरका प्रोप्राइटर लालबहादुर भण्डारीले बताए ।

पम्पमा पेट्रोल नपाइदा यहाँका उपभोक्ताहरुले वषौँदेखि महंगो मूल्यमा पेट्रोल किन्दै आएका थिए । बजारमा २ सय ३० देखि अढाइ सय प्रतिलिटर पेट्रोल किन्न बाध्य भएका ग्राहकहरुले अब प्रतिलिटर एक सय ८९ रुपैंयामा पेट्रोल किन्न पाउने भएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार