देशव्यापी रूपमा सञ्चालन भएको भ्रष्टाचार विरुद्धको कार्टुन चित्र प्रदर्शनी धनगढीमा पनि सम्पन्न

देशव्यापी रूपमा सञ्चालन भएको भ्रष्टाचार विरुद्धको कार्टुन चित्र प्रदर्शनी धनगढीमा पनि सम्पन्न
भ्रष्टाचार विरुद्धको कार्टुन चित्र प्रदर्शनी धनगढी

धनगढी : धनगढीमा पनि देशव्यापी रुपमा सञ्चालन भएको भ्रष्टाचार विरुद्धको कार्टुन चित्र प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिनको प्रदर्शनीसँगै देशव्यापी अभियान समापन भएको हो ।

नेपाल पत्रकार महासंघको एसोसियट संगठन कार्टुनिष्ट क्लब नेपालले देशका सातवटै प्रदेशमा भ्रष्टाचार विरोधी व्यंग्यात्मक तथा सचेतनामूलक कार्टुन चित्र प्रदर्शनी अभियान सञ्चालन गरेको थियो ।

संघीय संसदका सभामुख अग्नी सापकोटाले काठमाडौंमा उद्घाटन गरेको अभियानको अन्तिम तथा सुदूरपश्चिम संस्करण प्रदेश सभाका उपसभामुख निर्मला जोशीले उद्घाटन गरेकी थिइन् । शुक्रबार उद्घाटन भएको प्रदर्शनी शनिबार समापन भएको छ ।

प्रदर्शनीमा देशका प्रसिद्ध ३५ कलाकारका ५० बढी व्यंग्यचित्र प्रदर्शनीमा राखिएका थिए । साथै स्थानीय विद्यालय तथा कलेजका केही विद्यार्थीका सृजनात्मक चित्रहरू पनि प्रदर्शनीमा सहभागी गराइएको थियो ।

धनगढीमा सञ्चालन भएको कार्यक्रममा प्रख्यात कार्टुनिष्टहरु अबिन, बासु क्षितिज, देवेन्द्र थुम्केली लगायत राष्टका वरिष्ठ कार्टुनिष्टहरुको उपस्थिति रहेको थियो भने स्थानीय कलाकर्मीहरुको पनि सहभागीता रहेको थियोे । धनगढीका विभिन्न विद्यालय, क्याम्पसका विद्यार्थीहरु, राजनीतिकर्मीहरु, शिक्षक प्राध्यापक, कर्मचारी, सामाजिक संघसंस्था सम्बद्ध व्यक्तिहरु लगायतले व्यंग्यचित्र अवलोकन गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै कान्तिपुर दैनिकका वरिष्ठ कार्टुनिष्ट अविनले सुदूरपश्चिममा पुगेर प्रदर्शनीमा सहभागी हुँदा आफुहरुलाई नितान्त नयाँ अनुभव भएको बताए । देशका सातै प्रदेशमा सञ्चालन भएको अभियान शनिबार धनगढीमा समापन भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार