बाजुराका बारीमा फलेको ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी बजारमा

बाजुराका बारीमा फलेको ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी बजारमा

धनगढी : बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ धनगढी पुगेको छ। कृषि ज्ञान केन्द्र बाजुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना कायान्वयन ईकाईको सहयोग र स्वामीकार्तीक खापर गाँउपालीका कृषी विकास शाखा सुईजिउला बाजुराको समन्वयमा उक्त अर्गानिक स्याउ धनगढी पुगेको हो।

स्वामिकार्तिक–खापर गाउँपालिका बाजुराको कुनैपनी कुनैपनी मिसावट नभई अर्गानिक स्याउ शनिबार धनगढी पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले वताए। उनका अनुसार किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो ।

साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको पनेरुले वताए । किसानलाई बोटमा अनुदान दिएको कृषि ज्ञान केन्द्रले स्याउका कार्टुन र ढुवानीमा प्रति किलोग्राममा ३० रुपैयाँ दिएको पनेरुले बताए ।

उनका अनुसार ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी आएको हो। किसानले ‘ए’ ग्रेडको ५० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलोका हिसाबले बारीमै स्याउको मूल्य पाउने छन्।

यस्तै जिल्लाबाट २ सय क्विन्टल स्याउ धनगढी ल्याउने लक्ष्य रहेको र धनगढीमा १सय ३० रुपैँयाका दरले प्रति किलो बिक्री गनुप्रर्ने फ्यूचर स्याउ कृषक समुह अध्यक्ष धन बहादुर रावलले वताए ।

उनका अनुसार साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर , कैलालीको लम्कीमा केही स्याउ छोड्दै धनगढी आईपुगेको रावलले वताए । स्याउ संगै अन्य उत्पादित बस्तुको बजारिकरण गरिनुका साथै प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने उनको माग छ । उनले अझै स्याउ आउने क्रममा रहेको जानकारी दिएका छन्। जिल्लामा २ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ ।

जिल्लामा उत्पादन भएको सबै स्याउ बजारसम्म ल्याउन सकिएको छैन । जसका कारण किसानले फलाएको स्याउ बारीमै कुहिने गरेको स्थानियले बताएका छन् । धनगढीमा स्याउ विक्रिकेन्द धनगढीको चौराहामा रहेको हिमाली होटलमा राखिएको होटल सन्चालक सुरेन्द्र थापाले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार