भ्रष्टाचार विरुद्ध २० बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी

भ्रष्टाचार विरुद्ध २० बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी

धनगढी : भ्रष्टाचार विरुद्ध २० बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी गरिएको छ ।

बास नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा विभिन्न निकाय तथा संस्थाहरूको सहयोग, सहकार्यमा भ्रष्टाचार विरुद्ध प्रथम प्रदेश स्तरीय युवा सम्मेलनको अवसरमा धनगढीको ओम प्यालेसमा सम्पन्न प्रथम प्रदेश स्तरीय युवा सम्मेलनको अन्त्यमा उक्त घोषणा पत्र जारी गरिएको हो ।

जारी घोषणा–पत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गर्ने, भ्रष्टाचारविरुद्ध सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय र प्रदेश सभाका सांसद र स्थानीय तहका प्रतिनिधिहरूलाई प्रश्न सोधी जबाफदेहिता खोजे, भ्रष्टाचारविरुद्ध काम गर्ने संघ संस्था तथा निकायहरूलाई सहयोग गर्ने, कार्यक्रममा सहभागी युवाहरू समाजका लागि अनुकरणीय बन्ने, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने, भ्रष्टाचारका विरुद्ध प्रश्न सोध्ने संस्कृति “किन संस्कृति”को विकास गर्ने, सार्वजनिक निकायको जबाफदेहिता प्रवर्द्धन गर्नका लागि सूचना माग्ने संस्कृतिको विकास गर्ने, भ्रष्टाचारविरुद्धका ऐन, नियम, नियमावली अक्षरशः कार्यान्वयन गर्न सम्बद्धसँग जोडदार माग गर्ने उल्लेख गरिएको छ ।

यस्तै,  सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकाय समक्ष माग गर्ने, आम नागरिकको हक सूचनाको हक सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्ने, सदाचारिता, नैतिकताका विषयमा प्रचार, प्रसार गर्ने, हरेक निकायमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्नुका साथै उनीहरूको क्रियाशीलताका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गर्ने, प्रत्येक सार्वजनिक निकायले प्रदान गर्ने सेवा, सुविधा बारे ३÷३ महिनामा स्वतः प्रकाशन गर्न बाध्य गर्न पहल गर्ने, नागरिक गुनासो सुनुवाइ सम्बन्धीको कार्यविधि तत्काल ल्याउन तीन तहकै सरकारसँग माग गर्ने, कर्तव्य र अधिकारलाई सँग, सँगै लगेर सुशासनको अभियानमा लाग्ने, सार्वजनिक निकायहरूबाट भए, गरेका असल कार्यहरूको सार्वजनिक रण गर्ने, भ्रष्टाचार विरुद्धका कानुनहरूको प्रभावकारी प्रचलनका लागि आ-आफ्नो क्षेत्रबाट लागिपर्ने, भ्रष्टाचार विरुद्ध सङ्कल्प प्रस्ताव पारित गर्न सुदूर पश्चिम प्रदेश सरकारसँग जोडदार माग गर्ने, सुदूर पश्चिम प्रदेश सरकारलाई सुशासन ऐन, सूचनाको हक सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन लगायत सुशासन प्रवर्द्धन गर्नका लागि आवश्यक ऐनहरू बनाउन जोडदार माग गर्ने, भ्रष्टाचार विरुद्ध सशक्त बन्न नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र लगायतलाई अपिल गर्ने कुरा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार