बिध्यालयहरुमा बालअधिकार चेतना समुह गठन

बिध्यालयहरुमा बालअधिकार चेतना समुह गठन

कञ्चनपुर जिल्लाको बेलौरि नगरपालिका वार्ड नं. २ जबदिया स्थित श्री लक्ष्मी मा.बि.मा बालअधिकार चेतना समुह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालयले कञ्चनपुर जिल्लामा संचालन गर्न लागेको स्थानीय समुदाय लाई सचेत पार्दै जिम्मेवार निकाय लाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगर्त सोमबार लक्ष्मी मा.बि.मा आयोजित परियोजना परिचय तथा बालअधिकार चेतना समुह गठन कार्यक्रममा परियोजनाका कञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले परियोजना अन्तरगत बिध्यालयमा संचालन गरिने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

पनेरुका अनुसार चालु आर्थीक बर्षमा कञ्चनपुर जिल्लाका कार्यक्रम संचलीत बिध्यालयहरुमा बालअधिकार सिबिरहरु, बालअधिकार चेतना सहुहका प्रदेश तथा संघ स्तरिय संञ्जालहरु, फोरम थिएटर कार्यशाला, जातीय बिभेद, लैङ्गिक बिभेद, बढ्दै गईरहेको बाताबरण प्रद्षण बिरुद्ध सडक नाटक प्रदर्शन लगाएतका कार्यक्रमहरु आयोजना गरिने छन । लक्ष्मी मा.बि.मा कक्षा नौ की छात्रा भावना रानाको अध्यक्षतामा १३ सदस्यीय बालअधिकार चेतना समुहको गठन गरिएको लक्ष्मी मा.बि.का संरक्षक शिक्षक बुद्धि प्रशाद शर्माले जानकारी दिनु भयो ।

त्यसैगरि यही भाद्र २६ गतेका दिन बेलौरि नगरपालिका वार्ड नं. ३ खिरिया स्थित श्री जनजागृति पुष्पलाल स्मृति मा.बि.मा कक्षा नौ कि छात्रा एलिजा चौधरीको अध्यक्षतामा १३ सदस्यीय बालअधिकार चेतना समुहको गठन गरिएको जनजागृति पुष्पलाल स्मृति मा.बि.का संरक्षक शिक्षक खडक कुमारी रेग्मीले जानकारी दिनु भयो ।

त्यस्तै, इन्सेकले कार्यक्रम संचालन गरेको कञचनपुर जिल्लाकै लालझाडी गाउँपालीका वार्ड नं. १ नौरंगा स्थित श्री शारदा मा.बि. मा यही भाद्र २१ गतेका दिन कक्षा नौ की छात्रा आरति सेटीको अध्यक्षतामा १३ सदस्यीय र भाद्र २३ गतेका दिन लालझाडी गाउँपालीकाकै वार्ड नं. २ कञ्ज स्थित भानु मा.बि.मा कक्षा नौ का छात्र राघब देब तिरुवाको अध्यक्षतामा १५ सदस्यीय बालअधिकार चेतना समुहको गठन गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार