बिपनामा बद्लिएको त्यो लामो सपना

बिचार-ब्लग

किशोर पोखरेल, सिन्धुली : भनिन्छ, जे जस्तो भए पनि मानिसले कहिल्यै धैर्यता गुमाउनु हुँदैन, एक पटक पालो सबैको आउँछ । यो कुरा यस पटक इन्डियन क्रिकेट टिमका पुराना विकेटकिपर ब्याट्सम्यान दिनेश कार्थिकको जीवनमा मेल खान गएको छ ।

दिनेश कार्थिकले सन् २००४ मा भारतबाट एक दिवसिय खेलमा ड्ब्यु गरेका थिए, जब उनी त्यो बेला मात्र १९ वर्षका थिए । भाग्यमानी मानौँ या अभागी, कार्थिकको भारतीय टोलीमा किपिङ्गको लागि एउटा ठुलै युग पुरुषसँग प्रतिस्पर्धा रह्यो । महेन्द्रसिंह धोनी उच्च फर्ममा रहेका कारण कार्थिकले राष्ट्रिय टिममा खासै मौका पाउन सकेनन् । ठुला टुर्नामेन्टको स्क्वाडमा उनको नाम परे पनि खेल भने विरलै खेल्न पाए । उनी जहिल्यै पनि धोनिको छायामा रहिरहे र भारतीय क्रिकेट टिमको सेकेन्ड म्यान मात्र बनिरहे ।

सन् २०१० को टी-ट्वान्टी विश्वकप यता दिनेश कार्थिकले कुनै पनि टी-ट्वान्टी विश्वकपको स्कावडमा ठाउँ पाउन सकेनन् । नौ वर्ष पछि उनी एकै पटक २०१९ को आइसिसी विश्वकप क्रिकेटमा छनोट भएका थिए तर फेरि पनि उहीँ पीडा, धोनिका कारण टुर्नामेन्टमा खासै धेरै खेलमा मौका पाएनन् ।

२०१९ को विश्वकप पछि धोनिले एक दिवसिय क्रिकेटबाट संन्यास लिँदा पनि कार्थिक भने अझै टिममा पर्ने आशामै बसिरहेका छन् । पछिल्लो २/४ वटा आइपिएलमा पनि उनको पस्तुती दमदार नै रहेको छ । केही दिन अगाडि कार्थिकले आफूले भारतको लागि यो टी-ट्वान्टी विश्वकप खेल्न चाहेको बताएका थिए ।

भनिन्छ, भाग्यले पनि मेहनती र पौरखीलाई नै साथ दिन्छ । यो पटक कार्थिकलाई त्यही भएको छ । हिजो मात्र भारतले सार्वजनिक गरेको टी-ट्वान्टी विश्वकप स्क्वाडमा उनको पनि नाम आएको छ । २०१० मा २५ वर्षको उमेरमा भारतको लागि टी-ट्वान्टी विश्वकप खेलेका कार्थिक अहिले १२ वर्ष पछि ३७ वर्षको उमेरमा पुन टोलीमा फर्केका छन् तर उनी प्लेइङ्ग ११ मा भने पर्न सक्छन् कि सक्दैनन्, त्यो हेर्न बाँकी नै छ ।

यस पटक अब उनको प्रतिस्पर्धा महेन्द्रसिंह धोनीसँग छैन । उनीसँग यो पटक ऋषव पन्त प्रतिस्पर्धामा छन् । सायद यो विश्वकप दिनेश कार्थिकको अन्तिम मेगा टुर्नामेन्ट हुन सक्छ । वर्षौँदेखिको एउटा सपना पूरा भएको छ । आशा छ, उनी प्लेइङ्ग सेटमा पनि पर्नेछन् र भारतको लागि राम्रो प्रदर्शन गर्नेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार