नेपाली सिनेमा प्रेम गीत तीन भारतमा मात्रै १५ सय बढी पर्दाहरूमा एकसाथ प्रदर्शनमा आउने (भिडियो)

नेपाली सिनेमा प्रेम गीत तीन भारतमा मात्रै १५ सय बढी पर्दाहरूमा एकसाथ प्रदर्शनमा आउने (भिडियो)

धनगढी : नेपाली सिनेमा प्रेम गीत तीनका निर्माता तथा कलाकारको टोली धनगढी पुगेको छ । बिहीबार प्रदर्शनको पर्खाइमा रहेको प्रेम गीत तीनको प्रचार-प्रसारका क्रममा सिनेमा निर्माता सन्तोष सेन, मुख्य भूमिकामा रहेका नायक प्रदीप खड्का र नव प्रवेशी नायिका क्रिस्टिना गुरुङ धनगढीको एसटिएस सिनेमा हलमा आएका हुन् ।

हिन्दी भाषामा पनि डबिङ गरिएको उक्त सिनेमा भारतमा मात्रै १५ सय बढी पर्दा हरूमा प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए ।

उनीहरू प्रेम गीत तीनको प्रसारमा भारतको दिल्ली लगायतका सहर हरू हुँदै धनगढी आई पुगेका हुन् । आजै बिहान उनीहरू धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)मा पनि पुगेका थिए ।

सन्तोष सेन निर्माता, निर्देशक स्वर्गीय छेतन गुरुङ तथा मुख्य भूमिका प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ लगायतका कलाकारहरू रहेको सिनेमामा हाल सम्म आठ करोड लगानी भएको चलचित्र निर्माता टिमले जनाएको छ ।

यस्तै, प्रेम गीत तीनले सुदूरपश्चिम प्रदेशको भेसभुसा रहन सहन कला संस्कृति र प्रकृतिको समेत प्रतिनिधित्व गर्ने नायक प्रदीप खड्काले बताए ।

उनले भने, ‘‘सिनेमा मा हामीहरूले सक्दो राम्रो गर्ने कोसिस मात्रै हैन तपस्या गरेका छौँ । हाम्रो लामो प्रतीक्षा पश्चात् अब रिलिज डेट नजिक पुगेका छौँ । तपाईँहरूको प्रतिक्रिया को पर्खाइमा छौँ । यसमा सबै कलाको सँगम स्थल नै हो । यो देहरादुन देखी सिलम सम्मको पहाडी एरिया नै हाम्रो हो भन्ने हिसाबले हामी लागेका छौँ । त्यसमा सुदूरपश्चिम न समेटिने भन्ने त कुरै हुँदैन सबै कुरा यसमा दिने प्रयास गरेका छौँ ।”

प्रेम गीत तीन यही असोज ७ गते बडा दशैको दिन नेपालभर र सोही दिन भारतका १५ सय बढी अन्तर्राष्ट्रिय सिने प्लेटर्फहरुमा प्रदर्शन हुन गइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार