लायन्स क्लब अफ धनगढी सुकृतिद्धारा सेभ हाउसलाई फर्निचर तथा खाद्यान्न सहयोग

लायन्स क्लब अफ धनगढी सुकृतिद्धारा सेभ हाउसलाई फर्निचर तथा खाद्यान्न सहयोग

अत्तरिया : लायन्स क्लब अफ धनगढी सुकृतिले अत्तरियामा रहेको सेभ हाउसलाई खाद्यान्न तथा फर्निचर सहयोग गरेको छ ।

गोदावरी नगरपालिका २ स्थित महिला तथा बालबालिका सेभ हाउसलाई लायन्स क्लब अफ धनगढी सुकृतिले आज आफ्नो ११औ स्थापना दिवसको अवसरमा खाद्यान्न तथा फर्निचर सहयोग गरेको हो ।

जसमा ४ थान टेबुल कुर्सी, एक थान दराज लगायत खाद्यान्न सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राधा मिश्रले बताईन् । उनले सेभहाउसमा रहेका बालबालिकाहरुका लागि सामाग्री सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

त्यस्तै सेभहाउसकी अध्यक्ष जानकी मलासीले सामान सहयोग गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गरिन् । उनले २०७३ सालमा स्थापना भएको सेभहाउसमा २ जना बच्चाहरुलाई संरक्षण दिदै शुरु गरिएको सेभहाउसमा अहिले ५३ जना बालबालिकाहरु रहेको बताईन् । सुदरपश्चिम लगायत अन्य प्रदेशका जिल्लाहरुका २ सय ३६ भन्दा बढी अल्पत्र तथा घरेलुहिंसामा परेका पिडित महिलाहरुलाई उद्धार गरेको सेभहाउसकी अध्यक्ष मलासीले बताईन् ।

उनले शुरुवाती चरणमा एक बर्ष मुठ्ठी दान संकलन गरेर सेभहाउस सञ्चालन गरेको र पछिल्लो समय स्थानिय सरकार आईसकेपछी केही सहयोग गरेको तर अझै पुर्ण रुपमा समस्या भईरहेको बताईन् । समुहकी अध्यक्ष राधा मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका जिल्ला सचिव गोविन्द अधिकारी, सल्लाहकार सम्झना अधिकारी, प्रमोद शर्मा न्यौपाने लगायतका बिभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष र संस्थालाई स्थापना गरी अगाढी बढाउने दुईजनालाई सम्मान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार