मन पोल्ने अछामको अमिलो खबर, पहिरोमा परी झण्डै दुई दर्जन मानिसको ज्यान गयो

अछामको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृतक २२ जनाकै पहिचान पनि खुलेको छ।

अछाम : अछामको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृतक २२ जनाकै पहिचान पनि खुलेको छ।

कमलबजार नगरपालिका– ६ का ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामको पहिरोमा पुरिएर मृत्यु भएको डिएसपी नारायण डाँगीले बताए।

उनका अनुसार कमलबजार नगरपालिका–८ का २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाईको पनि पहिरोले ज्यान लिएको छ।

तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षीया मनिशा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीया कल्पना शाही र २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, पहिरोमा ज्यान गुमाउनेमा ढकारी गाउँपालिका– ६ का २ वर्षीय बालक नविन बुढा पनि छन्। पहिरोमा अझै ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार