SKIP THIS

S.P.A  Collage

कार्यकाल सकिनै लाग्दा समेत गर्न नसकेको काम अध्यादेशबाट भए पनि गर्ने मुख्यमन्त्री भट्टको आश्वासन

कार्यकाल सकिनै लाग्दा समेत गर्न नसकेको काम अध्यादेशबाट भए पनि गर्ने मुख्यमन्त्री भट्टको आश्वासन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भूमिहीनको पक्षमा काम गर्न नसकिएको बताएका छन् । शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभा तथा पाँचौ अधिवेशनमा मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री भट्टले भूमिसम्वन्धी अधिकार सङ्घीय सरकारसँग भएकाले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताए।

उनले जग्गा दिन नसके पनि प्रदेश सरकारले पछाडि परेका वर्गलाई स्वरोजगारमूलक तालिम दिएको बताए। मुक्त कमैया, कम्लहरी र मुक्त हलियालाई कस्तो किसिमको तालिमको आवश्यकता छ, सो बारे योजना ल्याउन उनले आग्रह गरे। मुख्यमन्त्री भट्टले जग्गा अभावले सोचेतअनुसार भूमिहीनलाई जग्गा वितरण गर्न नसकिएको बताए । त्यसमा संघीय सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

मुक्त कमैया, कम्लहरी, मुक्त हलियासम्वन्धी ऐन ल्याउन पनि नसकिएको बताउँदै मुख्यमन्त्री भट्टले अध्यादेशबाट भए पनि ऐन ल्याउने प्रतिबद्धता जनाए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार