गजल : ‘संविधान लाई आफ्नो स्वतन्त्रता मा बाच्न दिँउ’

राजेन्द्र भट्ट : धनगढी
राजेन्द्र भट्ट

‘संविधान लाई आफ्नो स्वतन्त्रता मा बाच्न दिँउ’

  • राजेन्द्र भट्ट : धनगढी

संविधान लाई संविधान भएर, बाँच्न दिनुपर्छ
खुला आकाश को स्वतन्त्रता मा, नाच्न दिनुपर्छ।

यो हुँदै हैन पिँजरा भित्र थुन्न लायकको परेवा
उसलाई आफ्नै हात आयतन पुरै जाँच्न दिनु पर्छ ।

तब पो एउटा बिरुवा फक्रिएर फुल्छ फल्छ
जहाँ जो जो सँग जसरी प्रीत गाँस्छ गाँस्न दिनु पर्छ ।

कस्ले भन्यो हत्केलाले छोपे पछि आँखा देख्न सकिन्छ भनेर?
उ भाँच्न जन्मिएको हो स्वार्थका पहाड भाँच्न दिनु पर्छ ।।

संविधान दिवस २०७९ को हार्दिक मङ्गलमय शुभकामना ! 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार