नेपाल सेवा प्रवीण पदक पत्रकार टेकराज जोशीलाई

नेपाल सेवा प्रवीण पदक पत्रकार टेकराज जोशीलाई

धनगढी : पत्रकार टेकराज जोशी नेपाल सेवा प्रवीण पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

सरकारले सार्वजनिक गरेको विभूषित हुनेहरूको नामावलीमा कैलालीका पत्रकार टेकराज जोशी पनि छन् । जोशी नेपाल सेवा प्रवीण पदकबाट विभूषित हुने भएका हुन् ।

त्यसबाहेक सुदूरपश्चिमबाट बझाङका देउडा गायक नन्दकृष्ण जोशीले सुर्कीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् । सुप्रबल जनसेवाश्री पदकबाट शिक्षाविद् प्रा.डा. हेमराज पन्त, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा मख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव(कानुन) गंगाबहादुर खरेल विभूषित हुने भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार