संविधान दिवसको दिन केएमसीमा ‘स्वतन्त्र न्यायपालिका’ विषयक वक्तृत्व कला तथा अन्तरक्रिया

संविधान दिवसको दिन केएमसीमा 'स्वतन्त्र न्यायपालिका' विषयक वक्तृत्व कला तथा अन्तरक्रिया

धनगढी : संविधान दिवसको अवसरमा कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र न्यायपालिका विषयक वक्तृत्व कला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार कैलाली बहुमुखी क्याम्पसको कानुन संकायको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

वक्तृत्व कला तथा अन्तरक्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावल, कैलाली जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता राजेन्द्र भण्डारी , कैलाली जिला अदालत वार एकाइका सचिव प्रेम शाही लगायत कैलाली क्याम्पसका अध्ययनरत कानुन सङ्काय विद्यार्थी , प्राध्यापक एवं सोही क्याम्पसमा अध्यापन हुने सबै संकायका प्राध्यापक, विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान भएको दाबी गरे । नेपालको संविधानले अल्पसङ्ख्यक नागरिकको समेत राज्य हर निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको र अहिले हर क्षेत्रमा सोही अनुरूपको प्रतिनिधित्व भइरहेको समेत बताए । नेपालको संविधानको सही ढङ्गले कार्यान्वयन गर्न सके नेपाली जनताको सम्वृद्धी कसैले रोकन नसक्ने मन्त्री रावलले जिकिर गरे । नेपालको संविधानलाई ९० प्रतिशतले स्वीकार गरेको र यो संविधान जस्तो स्वीकार्य विश्वका थोरै मात्रै देशमा रहेको उनको जिकिर थियो।

यस्तै, कैलाली सरकारी वकिल कार्यालयका न्यायधिवक्ता राजेन्द्र भण्डारीले कानुनका संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

त्यस्तै, नेपाल बार एशोसिएशन कैलाली शाखाका सचिव प्रेम शाहीले  संविधान कार्यान्वयन हुने नहुनेमा अन्यौलता रहेको र यसको खबरदारी कानुन पढ्ने विद्यार्थीले गर्न पर्नेमा जोड दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार