SKIP THIS

S.P.A  Collage

सर्वोच्च अदालत परिसरमा चोलेन्द्रको पक्षमा प्रदर्शन हुँदै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्षमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुने भएको छ।

वीर गोर्खाली अभियानले मंगलबार बिहान १० बजे प्रदर्शन गर्न लागेको हो।

राणा गत आइतबार नै सर्वोच्च जाने तयारीमा थिए। तर, सरकारी निवासबाट निस्कन नपाएको भन्दै आफू ‘नजरबन्द’ मा परेको राणाले बताएका थिए।

महाभियोग सिफारिस समितिले प्रतिनिधिभसा कार्यकालको अन्तिम दिन सभामुख अग्निप्रसाद सापकोटा समक्ष महाभियोग लगाउन सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।

तर, रााणाले भने आफूले सफाइ पाएको भन्दै अदालतमा हाजिर हुने बताएका थिए। उनी अदालत हाजिर हुने भनेसँगै नेपाल बार एसोसियनले आपत्ति जनाएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार