एक्सिस यूथ रेडक्रसद्वारा स्ट्रिट पवजलाई औषधि सहयोग तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

एक्सिस यूथ रेडक्रसद्वारा स्ट्रिट पवजलाई औषधि सहयोग तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

धनगढी : एक्सिस यूथ रेडक्रसले स्ट्रिट पवजलाई औषधि सहयोग तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिएको छ ।

धनगढीस्थित एक्सिस विद्याश्रमका कक्षा ११र १२ मा अध्ययनरत एक्सिस यूथ रेडक्रसमा आबद्ध विद्यार्थीहरूले प्राथमिक उपचार दिवसको अवसरमा धनगढीमा रहेको रीतिका गुरुङबाट सञ्चालित स्ट्रिट पवजलाई औषधि तथा उपचार सामग्री वितरण गरेका छन् ।

गुरुङ विगत लामो समय देखी सडकमा रहेका बेसहारा कुकुरहरूको सेवामा कटिबद्ध भएर लागी रहेकी छन् । भने गुरुङले कयौँ कुकुरहरूको उद्धार गरी सहारा बनी सकेकी छन् ।

उक्त अवसरमा धनगढी मेन रोडमा रहेको नोभा अस्पतालले प्राथमिक उपचार तथा लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण समेत दिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार