चुनावी घोषणापत्रमा राजनीतिक दलहरूले लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु समेट्नुपर्ने माग (भिडियो सहित)

चुनावी घोषणापत्रमा राजनीतिक दलहरूले लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु समेट्नुपर्ने माग (भिडियो सहित)

धनगढी : चुनावी घोषणापत्रमा राजनीतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु समेट्नुपर्ने माग गरिएको छ । धनगढीमा बिहीबार सञ्चार कर्मीहरूसँग भएको छलफल मार्फत यस्तो माग गरिएको हो ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा स्थानीय तह गम्भीर नभएको गुनासो समेत गरिएको छ ।

ब्लु डायमण्ड सोसाइटिको आयोजनामा सञ्चार कर्मीहरूसँग गरेको छलफलमा स्थानीय सरकार सँग आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ ।

सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु पनि सम्बोधन गर्नुपर्छ भनेर स्थानीय सरकार सँग आग्रह गरेको बताए ।

कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटाले मात्र आफ्नो समुदायलाई नीति तथा कार्यक्रममा समावेश गरेको छन् । जसमध्ये कैलारी गाउँपालिका, भजनी, टीकापुर र घोडाघोडी नगरपालिकाले मात्र सम्बोधन गरेको देखिएको उल्लेख गरिएको छ ।

अन्य स्थानीय तहलाई आफूहरूले अनुरोध गर्दा पनि बेवास्ता गरेको लामाको भनाई थियो ।

यस्तै, कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सामाजिक संस्कार, रहनसहन तथा राज्यको नीतिका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू खुल्न नसकेको बताइन् ।

अधिकार सुनिश्चितताका लागि समाजमा धेरै सघर्ष गर्नुपरेको उनले भनाई छ । भने नागरिकता लिँदा देखि निर्वाचनमा भाग लिँदा सम्म आफ्नो समुदायलाई सहज नभएको बताउँदै उनले राजनीतिक दलहरूले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

कुन राजनीतिक दलले कसरी समेटेका छन्, हेर्नुहोस्  ?

Laigik-alpsnkyak-other

भिडियोः

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार