घटस्थापनाको बिहानै कैलालीमा दुर्घटना, एक जना पैदल यात्रु घाइते

दघृटना

धनगढी : कैलालीको गोदावरी धाम नजिकै जीपको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएका छन्।

सोमबार बिहान बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग१ज ६८५५ नम्बरको जीपले ठक्कर दिँदा गोदावरी नगरपालिका–१ भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरी घाइते भएका हुन्।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जीप चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाल र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार