ख्याल गरौँ : कैलाली ट्राफिक ‘एक्सनमा’, ‘मापसे’ र ‘लापसे’ चेकिङ गर्दै

चाडबाडमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिकले सक्रिय रुपमा लागेको छ ।

ख्याल गरौँ : कैलाली ट्राफिक 'एक्सनमा', 'मापसे' र 'लापसे' चेकिङ गर्दै

धनगढी : सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर कैलालीमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीमा चेकजाँच सुरु गरेको हो ।

सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मंगलबारदेखि चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे नगरेको पत्ता लाग्ने उनको भनाई छ ।

ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ। ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरेरनगरेको पत्ता लाग्छ । लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।

यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । चाडबाडमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिकले सक्रिय रुपमा लागेको छ ।

यसअघि सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी सवारी साधनको यान्त्रिक अवस्थाबारे चेकजाँच गरेको थियो । भने केही दिन अगाडि मात्रै कैलालीका विभिन्न स्थानमा यात्रु सहायता कक्षहरुको समेत स्थापना गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार