धनगढीको भाटभटेनि अगाडी सवारीको थेगी नसक्नु चाप, ट्राफिक कैलालीले भन्यो, ‘छ लेन सडकमा पार्किङ गरे कारबाही हुन्छ’

धनगढी : हाल सालै धनगढीमा सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरमा सेवाग्राहीको भिड लाग्न थालेको छ । धनगढी उप-महानगरपालिका वडा नं.३ मा रहेको उक्त सुपर स्टोरमा सेवा सुचारु हुँदा सेवाग्राहीहरूले प्रयोग गर्ने सवारी साधनहरू मोहना अत्तरिया ६ लेनको मुख्य सडकमा नै पार्किङ गरी राखेकोले सवारी चाप थेगी नसक्नु भएको छ ।

सेवा ग्राहीहरूले सडकमै सवारी पार्क गरिदिँदा सवारी दुर्घटनाको जोखिम उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुख्य सडकमा नै पार्किङका कारण सवारी आवागमनमा बाधा हुनुका साथै सवारी दुर्घटनाको उच्च जोखिम रहेकोले सेवा ग्राहीले प्रयोग गर्ने मोटरसाइकल, कार, अटो तथा ई-रिक्सा लगायत अन्य सवारी धनीहरूलाई उक्त शाखाले तोकिएको स्थानमा पार्किङ गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सेवा ग्राहीहरूलाई अनुरोध गरेको छ ।

यस बारे कार्यालयले उक्त शाखालाई पत्राचार समेत गरिसकेको जनाएको छ । भने अवोप्रान्त उक्त शाखामा जाने सर्बसाधरणले प्रयोग गर्ने सवारी साधनहरू मोहना अत्तरिया ६ लेन सडक खण्डमा नै पार्किङ गरी राखेको पाइएमा कडा भन्दा कडा कारबाही हुने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार