कैलालीका पत्रकार विष्टसहित चार जना सम्मानित

कैलालीका पत्रकार विष्टसहित चार जना सम्मानित

धनगढी : सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले पत्रकार जनक विष्टसहितका चार जनालाई सम्मान गरेको छ । सामाजिक कार्यमा सक्रिय युवा आवद्ध संस्था हेप्पीनेसको सातौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विष्टसहितका चार जनालाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

सम्मान पाउनेमा सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डाक्टर होमप्रसाद पन्त, हेप्पीनेसका सुदूरपश्चिम प्रदेश सदस्य कमल पनेरु र प्रदेश सदस्य बैतडी संयोजक भरत विष्ट पनि रहेको उक्त संस्थाले जनाएको छ ।

प्रेस चौतारी कैलालीका सचिव समेत रहेका पत्रकार विष्ट र डाक्टर पन्त संस्थाको सुदूरपश्चिम प्रदेश सदस्य पनि हुन् । उनीहरुलाई वर्षभरी सर्वोत्कृष्ट काम गर्दै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको भन्दै सम्मान गरिएको हो । वार्षिकोत्सवको अवसरमा धनगढीको न्यू लाईफ मिसन बाल गृहमा आश्रीत बालबालिकालाई सहयोग समेत गरिएको छ ।

प्रदेश संयोजक घनश्याम भण्डारीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाले त्यहाँ आश्रीत १६ जना अनाथ बालबालिकालाई न्यानो लुगा, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाले सचेतना कार्यक्रम पनि गरेको थियो ।

हेल्प फर हेप्पीनेसले आपतकालीन रक्तदान, आपत विपतमा परेका व्यक्तिहरुलाई आकस्मिक सहयोग, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने लगायतका काम गर्दै आएको छ । पछिल्लो एक वर्षमा मात्र १०४ पिन्त रगत संकलन गरेर आपतकालीन अवस्थाका बिरामीलाई सहयोग गरिएको संस्थाको तथ्यांक रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार