पत्रकार हरिश बिक ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित

एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिश बिक सम्मानित भएका छन् ।

धनगढी : एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिश बिक सम्मानित भएका छन् । बिहीबार रोटरी इन्टरनेशनल डिस्टिरिक ३२९२ नेपाल-भुटानले काठमाडौँको होटेल हयात प्लेसमा आयोजित कार्यक्रममा पत्रकार बिकलाइ सम्मान गरेको हो ।

उनी रोटरी जोर्नो अवार्ड बाट सम्मानित भएका हुन । लामो समयदेखि जनताको पक्षका सक्रिय रूपमा कलम चलाउँदै आएको भन्दै कार्यक्रमका प्रमुख अतिथि अनि रुद्र रोयचौधरीले उनलाई केही नगद तथा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

झन्डै डेढ दशक देखि सक्रिय पत्रकारिता गर्दै आएका बिक प्रिर्न्ट मिडिया हुँदै एभिन्युज टेलिभिजन , न्युज २४ टिभीमा लामो समय काम गरेको अनुभव रहेको छ । विगत १२ वर्ष देखि अभिन्युजमा काम गर्दै आइरहेका उनी हाल एभिन्युज टेलिभिजनको सुदूरपश्चिम ब्युरो प्रमुखको जिम्मेवारी समाल्दै आइरहेका छन् । सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस अघि समेत पत्रकार बिक पटक पटक सम्मानित हुँदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार