मञ्चमै विवाहको प्रस्ताव राखी कैलालीकी पाण्डे र दाङका न्यौपानेले गरे प्रगतिशील विवाह

प्रमुख अतिथि सुदूरपश्चिमका सभामुख थापा

मञ्चमै विवाहको प्रस्ताव, कैलालीकी पाण्डे र दाङका न्यौपानेले गरे प्रगतिशील विवाह

धनगढी : कैलालीकी एक युवतीले प्रगतिशील विवाह गरेकी छिन । जिल्लाको गोदावरी नगरपालिका – १ अत्तरियाकी जेनी पाण्डेले प्रगतिशील विवाह गरेकी हुन् ।

पाण्डेले दाङका मीन राज न्यौपाने सँग मंगलबार प्रगतिशील विवाह गरेकी हुन । उक्त विवाहमा कुनै मण्डप निर्माण नगरी मञ्चमा कार्यक्रमको आयोजना गरी विवाह सम्पन्न गरिएको थियो ।

जेनीका बुवा हरिकृष्ण पाण्डेको सभापतित्वमा भएको प्रगतिशील विवाह कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा रहेका थिए ।

प्रगतिशील विवाह कार्यक्रममा दुलाहा न्यौपानेले मञ्चमै विवाहको प्रस्ताव राखेका थिए । भने दुलही जेनीले उनको प्रस्ताव स्वीकार गर्दै माला र टिका लगाई विवाह सम्पन्न भएको थियो ।

सो विवाहमा दुलहीका बुबा हरिकृष्ण पाण्डेले छोरीलाई आधा सम्पत्ति अंश दिएको घोषणा गरेका छन् । उनका एक छोरा र एक छोरी रहेका छन् । भने दुवै जनालाई समान हुने गरी अत्तरियाको बन खेतमा रहेको ३६ कोठे घरमा समान भाग लगाएको घोषणा समेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार