राष्ट्रपति कार्यालयमा बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणा सार्वजनिक कार्यक्रम सम्पन्न 

बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणा सार्वजनिक कार्यक्रम राष्ट्रपति कार्यालयमा सम्पन्न 
धनगढी : बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणा सहितको सार्वजनिक कार्यक्रम राष्ट्रपति कार्यालयमा सम्पन्न भएको छ । २०७९ आश्विन ११ गते बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) तथा  सिविन नेपालको संयुक्त आयोजनामा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिजपका अध्यक्ष राजेश शर्माले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ बाल अधिकारकर्मी तथा अवधारणा परिकल्पनाकार गौरी प्रधानले बालबालिका किन राष्ट्रिय गौरव हुन् भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
यस्तै, कार्यक्रममा राष्ट्रपति भण्डारीले बाल अधिकारको संरक्षण तथा संवर्द्धनका लागि सर्वप्रथम राज्यका आधिकारिक संयन्त्रहरू सक्षम, सबल, उत्तरदायी हुनु पर्ने र नागरिक समाजले यस कार्यमा रचनात्मक सहयोग गर्नुपर्ने धारणा राख्दै बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय गौरव र राष्ट्रको भविष्य हुन भन्नेमा सबैमा एक बुझाइ हुन आवश्यक रहेको समेत बताइन् ।
यसका साथै, कार्यक्रममा राष्ट्रिय किशोर सञ्जाल नेपाल र राष्ट्रिय किशोरी सञ्जाल नेपालका पदाधिकारीहरू को समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार