SKIP THIS

S.P.A  Collage

अछाम पहिरो पीडितका लागी आर्थिक सहयोग संकलन

अछाम पहिरो पीडितलाई आर्थिक सहयोग संकलन

धनगढी : गत असोज गते अछाममा आएको अविरल वर्षासँगैको बाढीपहिरो पीडितलाई १० हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । बास नेपाल धनगढी उपशाखाद्वारा संकलन गरेको सोही रकम बुधबार बास सुदूरपश्चिम संयोजक पाण्डव पुजारालाई हस्तान्तरण गरिएको छ ।

बास उपशाखाले गत असोज ४ गतेदेखि बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । बास कैलाली शाखा र धनगढी उपशाखाको संयुक्त अभियानबाट संकलन भएको रकम प्रदेश संयोजक पुजारालाई हस्तान्तरण गरिएको र सोही रकम केन्द्रिय समितिबाट एकमुष्ट रुपमा पीडितलाई हस्तान्तरण गरिने उपशाखा अध्यक्ष कैलाश साउदले जानकारी दिए । उनले प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको उनले बताए ।

यस्तै, उपशाखा सह सचिव केशव बोहराले बाढीपहिरो पीडितका लागि नागरिकस्तरबाट संकलन भएको रकम हस्तान्तरण गर्न पाउँदा पीडितलाई थप सहज हुने बताए ।

उपशाखाले संकलन गरेको आर्थिक सहयोग बुझ्दै बास नेपालका प्रदेश संयोजक पुजाराले अछामका बाढी पीडितलाई आर्थिक सहयोग संकलन अभियान देशव्यापी रुपमा सञ्चालन गरेको र सबै ठाउँबाट संकलन भएको रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार