एमालेको उच्च प्राथमिकताका साथ परिवार दलका अध्यक्ष ढकाल बने प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार

नेपाल परिवार दलकाे अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकतासहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ।

नेपाल परिवार दलकाे अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकतासहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ।

निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीमा नेता ढकाललाई स्थायी कमिटी सदस्य रघुजी पन्त पछि २ नम्बरमा समावेश गरेको छ। एमाले र परिवार दल बीच गत आम निर्वाचन २०७४ मा पनि राजनीतिक सहकार्य भएको थियो भने गत स्थानीय निर्वाचनमा परिवार दलका उम्मेदवारले एमालेको सुर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए।

गत मंसिरमा सम्पन्न परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले दुइ पार्टी बिचको सहकार्य थप मजबुद हुने घोषणा गरेका थिए। संबिधान सभाका सभासद समेत रहेका ढकाल ओली नेतृत्वको मन्त्रिमण्डलमा शान्ति तथा पुनर्निर्माण मन्त्री रहेका थिए।

देशभरी सानो भएपनि चुस्त संगठन रहेको परिवार दलका अध्यक्ष ढकाल अन्तराष्ट्रिय स्तरमा समेत परिचित तथा प्रभावशाली व्यक्ति हुन्। ढकाल सांसदहरुको अन्तराष्ट्रिय संस्था ‘आइएपिपि’ को एशिया प्रशान्त क्षेत्रको संयोजक समेत हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार