सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ जना मात्रै महिला उम्मेदवार

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचन कालागि सुदूरपश्चिममा प्रत्यक्षतर्फ चार जना मात्रै महिला उम्मेदवार बन्ने भएका छन् ।

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचन कालागि सुदूरपश्चिममा प्रत्यक्षतर्फ चार जना मात्रै महिला उम्मेदवार बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले महिला उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ वटा निर्वाचन क्षेत्र रहे पनि नेपाली काङ्ग्रेसबाट एक महिला पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छैन । नेकपा माओवादी केन्द्रले प्रदेशमा प्रतिनिधि सभामा एक, नेकपा एमालेले दुई र नागरिक उन्मुक्ति पार्टीले एक गरी चार जना महिला उम्मेदवार प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् ।

१६ वटा निर्वाचनका आधारमा प्रत्यक्षतर्फ प्रतिनिधिमा महिलाको सहभागिता २५ प्रतिशत देखिन्छ । संविधानले नै महिला सहभागिता ३३ प्रतिशतको व्यवस्था गरेको छ ।

तर, प्रतिनिधि सभामा महिला सहभागिता ३३ प्रतिशत पुगाउनतर्फ दलहरूले कुनै चासो नदिएको महिला नेतृहरू गुनासो गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा विना मगरलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले डोटीमा गौरी ओली र कञ्चनपुर क्षेत्र नम्बर ३ मा निरूदेवी पाललाई उम्मेदवार बनाएको छ। नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार