SKIP THIS

S.P.A  Collage

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस र विश्व दृष्टि दिवस मनाइँदै

विश्व दृष्टि दिवस

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर याे दिवस मनाइँदैछ।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना अभियान सञ्चालन गरी सम्बन्धित विभिन्न संघसंस्थाले जानकारी गराउने कार्यक्रहरू रहेका छन्।

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको संभाव्य जोखिममा रहेको छ। अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ।

हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ। विभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने अनि हानी न्यूनीकरणका लागि यस दिवसको महत्त्व धेरै छ।

सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चारमाध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन्।

विश्व दृष्टि दिवस

नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।

हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।

विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार