SKIP THIS

S.P.A  Collage

आजको मौसम बुलेटिन : मौसम सफा, विस्तारै चिसो बढ्दै

अहिले देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । प्रदेश एक लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम सफा भएपनि चिसो बढ्दै गएको छ । काठमाडौं सहित देशका पहाडी र हिमाली क्षेत्रमा न्युनतम तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार