यी हुन् मदिराको ह्याङओभर हटाउने ५ तरिका

मदिराको ह्याङओभर

मदिरा सेवन गर्ने मध्ये अधिकांशको समस्या ह्याङ ओभर बन्ने गरेको छ । बस्ने बेला थोरैनै मदिरा पिउने योजना बनाएपनि पिउँदै जाँदा धेरै पिउने र अर्को दिन चाहिँ ह्याङओभर भएको कारणले तड्पने धेरै हुन्छन् ।

कतिपयलाई त अर्को दिन दिनभरीनै लठ्याईरहेको हुन्छ । काम पनि प्रभाावित हुन्छ । तर एजेन्सीहरूका अनुसार निम्न यी कुरा अपनाएमा मदिराको ह्याङओभरबाट मुक्ति मिल्न सक्छ ।

१. अत्यन्त धेरै पानी पीउने गर्नुपर्छ । पाएमा नरिवलको पानी पनि पिउँदा राम्रो हुन्छ ।

२. काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।

३. रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउँछ । त्यसैले गोलभेँडाको जुस खाएमा शरीरको आलस्यता हटेर जान्छ ।

४. ह्याङ भएको बेला केरा खानुपनि निकै लाभदायक मानिन्छ ।

५. कुरीलोलेपनि शरीरको अल्कोहल घटाउँछ । कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार